काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार बिहान ११ बजेसम्म सिंहले ७५४ मत पाएका छन्। उनलाई राप्रपाका रवीन्द्र मिश्र ६८० मतसहित पछ्याइरहेका छन्।
एमालेका किरण पौडेल भने तेस्रोमा झरेका छन्। उनले ४९६ मत पाएका छन्।