ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जनले सुरुवाती अग्रता लिएका छन्। १० हजार ८८ मत गणना हुँदा महर्जनले २ हजार ९०० मत पाएका छन्।
हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४९७ मतसहित पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४९० मत पाएका छन्।
वाम लोकतान्त्रिक गठबन्धन भने चौथोमा झरेको छ। एकीकृत समाजवादीका कृष्णलाल महर्जन १ हजार ४७७ मतसहित पछ्याइरहेका छन्। मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ।