हुम्लामा खस्यो ७६‍‍ प्रतिशत मत

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा साढे ७६ प्रतिशत मत खसेको छ। 

जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार १७ हजार १ सय २८ पुरुष र १५ हजार ७ सय २९ महिला गरी ३२ हजार ८ सय ५७ मध्ये २५ हजार ९५ मत खसेको जनाएको छ।

१२ हजार ३ सय २५ पुरूष र १२ हजार ७ सय ७० महिलाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए। 

कुनै मतदान केन्द्रमा छिटफुट घटना भए पनि अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको जिल्ला निर्वाचन अधिकारी रानाले बताए।

सुझावित समाचार