मुगुमा मतदान गर्न हिँडेका ७५ वर्षीय वृद्धको मृत्यु भएको छ। मुगु सदरमुकाम गमगढीबाट मतदान गर्न मतदान केन्द्र कालिका मावि बुगा जाँदै गरेका खत्याड गाउँपालिका– ३ का ७५ वर्षीय जोख्या दमाईको मृत्यु भएको छ।
मृतक दमाई विगत १० वर्षदेखि साेही स्थानका दृस्टीविहीन कल्से नेपालीको सारथीका रुपमा रहँदै आएका थिए। शनिबार बिहान ६ बजेतिर भाेट हाल्न उनीहरू घरबाट निस्किएका थिए।
सेरी भन्ने ठाउँमा लडेरकाे अवस्थामा दमाई मृत फेला परेकाे कांग्रेसका निवर्तमान पार्टी सभापति खडकबहादुर शाहीले जानकारी दिए। उनका अनुसार दृस्टीविहीन नेपाली भने सकुशल छ्न्।