सर्लाहीमा ६० प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्र्तगत सर्लाहीमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यलय सर्लाहीको तथ्यांक अनुसार जिल्लामा भएको समग्र मतदानमा ६० प्रतिशत मत खसेको छ। 

निर्धारित समय सम्म जिल्लाको सम्पुर्ण मतदान केन्द्रबाट कुल मतको ६० प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यलय सर्लाहीका प्रमुख निर्मल पोखरेलले जानकारी दिए। 

उन्का अनुसार मतदान केन्द्र अनुसार ५० प्रतिशत देखी ८८ प्रतिशत सम्म मत खसेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। जिल्लामा २ लाख ५९ हजार ४ सय १४ पुरुष र २ लाख १९ हजार ६ सय १४ महिला सहित ४ लाख ७९ हजार ३८ कुल मतदाता छन्। 

मतदान सम्पन्न हुदा खसेको मत परिमाण ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। सर्लाहीमा ३ सय १२ मतदान स्थल तथा ६ सय मतदान केन्द्र कायम छ। ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र कायम यस जिल्लामा प्रतिनिधि सभातर्फ ६९ जना र प्रदेश सभा तर्फ १ सय ३३ जना चुनावी मैदानमा छन्। 

यसैविच अत्यन्त सम्बेदनसिल मतदान स्थलको रुपमा बर्गिकरण गरिएका जिल्लाका अधिकांस मतदान स्थलमा शान्तिपुर्ण रुपमा मतदान भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए। जिल्लाका केही मतदान स्थलमा सामान्य विवाद बाहेक कुनै अप्रिय घटना नभएको उन्को दाबी छ। 

यसैविच जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ को लालबन्दी नगरपालिकाको पुरानो नगरपालिका कार्यलय, २ नम्बर क्षेत्रको मलंगवास्थित जिल्ला समन्वय समितिको सभाहलमा, ३ नम्बर क्षेत्रको हरिवन नगरपालिका स्थित मालपोत कार्यलयको नव निर्मित भवन, र क्षेत्र नम्बर ४ को गोडैटा नगरपालिका स्थित कार्यलयमा मतगणना हुने भएको छ। 

मतगणनाको लागि सम्पुर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए। मतगणना स्थललाई तार जालीले बार्नेदेखि सिसिक्यामेराको निगरानीमा राख्ने तयारी रहेको उनले जानकारी दिए। मतगणना स्थललाई समेत कडा सुरक्षा घेरामा राखिने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। 
 

सुझावित समाचार