मतदान गरेर फर्कँदा बेहाेस भएका वृद्धको मृत्यु

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

रामेछापमा मत खसालेर मतदान स्थलबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भएर ढलेका बृद्धको ज्यान गएको छ। जिल्लाको लिखु तामाकोशी गाउँपालिका– ४ बिजुलीकोटका ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो।

उनले सोही गाउँपालिकाको वडा नं ४ स्थित भृङ्गेश्वर मावि कोटगाउँ मतदान केन्द्रमा मतदान गरेका थिए। मतदानपछि बाहिर निस्कँदै गर्दा उनी अचानक बेहोस भएर पछारिएका थिए।

उनलाई सुरक्षाकर्मी र आफन्तले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बिच बाटोमा नै ज्यान गएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महतले जानकारी दिए।

सुझावित समाचार