गुल्मीको छापहिलेमा राेकिएकाे मतदान पुन: सुचारु

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

गुल्मीको मालिका गाउँपालिका ५ को छापहिले माबी मतदान स्थलको मतदान पुन सुचारु भएको छ। 

साढे ८ बजेबाट रोकिएको मतदान प्रक्रिया सुचारु भएको मतदान अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए। सहायक मतदान अधिकृत मोहलाल पौडेलले सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र नदिएर प्रदेशको दिएपछि विवाद हुँदा मतदान स्थगित भएको थियो। साढे ८ बजेसम्म ५४ जनाले मतदान गरेका थिए।

सर्वदलीय छलफलपछी सहायक मतदान अधिकृतले माफी मागेपछि सबै मत रद्द गरेर फेरि मतदान गराउने गरि सहमति भएको जिल्ला निर्वाचन कार्यालयकि निर्वाचन अधिकृत माया कुवरले जानकारी दिइन्। मतदान गरेर घर फर्किएका मतदाता फेरि मतदान आउछन वा आउदैनन त्यो भने अन्योल छ।

See More On

सुझावित समाचार