सिराहामा झडप, तीन राउन्ड हवाई फायर

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा तथा प्रदेश तथा सदस्य निर्वाचनको क्रममा सिराहाको कर्जन्हा–६ मा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ।

कर्जन्हा नगरपालिका-६ जनता माध्यमिक विद्यालय बडहारामाल बुथमा प्रतिनिधिहरूबीच भडप भएपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ। 

मतपेटिका राख्ने विषयमा जसपा-नेकपा एसबीच विवाद भएको प्रहरीले जनाएको छ। हवाई फायरपछि अवस्था सामान्य छ। उक्त केन्द्रमा मतदान जारी रहेको प्रजिअ लालबाबु कवारीले  बताएका छन्।

१५ हजार ८ सय मत खस्यो

यस्तै, सिराहा जिल्लाभर करिब १६ हजार मत खसेको छ। विहान १० बजेसम्म सिरहा जिल्लाभर १५ हजार ८ सय मत खसेको प्रजिअ कवारीले बताए। सिराहा जिल्लाभर ४ लाख २२ हजार मतदाता छन्।

प्रतिनिधिसभामा ८७ जना र प्रदेश सभा सदस्यमा १ सय २३ जना उम्मेदवार छन्। यस्तै, जिल्लाभर २२१ मतदान स्थल र ५ सय ७ मतदान केन्द्र छ।

सुझावित समाचार