निर्वाचन आयुक्त तुलाधरले गरिन् लमजुङबाट मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

निर्वाचन आयुक्त डा. जानुकाकुमारी तुलाधरले मतदान गरेकी छिन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाँडा (क) केन्द्रबाट  मतदान गरेकी हुन्।

मतदानपछि सन्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सबै मतदातालाई मतदानमा सहभागी भइ मतदान गर्न आग्रह गरेकी छिन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बिहान ७ बजेबाट जिल्लाका सबै  मतदान केन्द्रबाट मतदान सुरु भएको जानकारी दिए

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र थप भएसंगै १ सय ३० वटा मतदानस्थलमा १ सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा  १ लाख ३३ हजार ५ सय ५९ मतदाता छन् । यसमा महिला ६८ हजार २ सय ८८ र पुरुष ६५ हजार २ सय ७१ मतदाता  रहेका छन् ।

See More On

सुझावित समाचार