क्रिकेटमा सट्टेबाजी गर्ने ५० जना कीर्तिपुरबाट पक्राउ

शुक्रबार, २ मंसिर, २०७९
डिजिटल संस्करण

सट्टेबाजी गर्ने शंकास्पद ५० जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। आज बिहान कीर्तिपुरस्थित क्रिकेट रंगशालाबाट उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ परेकाहरूको मोबाइलसहित अन्य अनुसन्धान कार्य अघि बढाउने प्रहरीको तयारी छ। अनुसन्धानमा दोषी देखिएकालाई कारबाही गरी बाँकीलाई छाडिने एसएसपी आचार्यले जानकारी दिए।

सुझावित समाचार