तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एकजनाको मुत्यु भएकाे छ। सोही वडाका १७ वर्षीय राजेश रावतको करेन्ट लागेर मृत्यु भएको हो।
सडक उज्यालो पार्न सौर्य बिजुलीको पोल गाड्ने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए। उनले भने, ‘यस्तो कार्य गर्ने क्रममा प्राधिकरणलाई खबर गर्नुपर्ने हो। लाइन सटडाउन गर्नुपर्थ्यो। खबर नगरी काम गर्दा करेन्ट लागेछ।’
त्यस्तै, घटनामा सोही वडाका २३ शंखु चौलागाईं घाइते भएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। मृतकको शव पनि अस्पतालमा पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।