काठमाडौं क्षेत्र नं ५ मा ५० बढी एमालेसहित विभिन्न पार्टीका नेता-कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।
बुधबार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता-कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
सो क्रममा गत स्थानीय निर्वाचनमा टोखा नगरपालिका वडा नं २ बाट एमालेका नेता धामेश खत्रीसमेत नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
बुधबार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्यामबहादुर खड्काले उनीहरूलाई स्वागत गरेका हुन्।
निर्वाचनका वेला नयाँ पार्टीमा आई नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरूले बताए। कांग्रेसमा आएका उनीहरूलाई स्वागत गर्दै पाैडेलले आगामी दिनमा सबैको मन जितेर काम गर्ने विश्वास व्यक्त गरे।