विश्वको जनसंख्या ८ अर्ब, १२ वर्षमा १ अर्ब थपिए

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

 गत १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै नोभेम्बर १५ देखि विश्वको जनसंख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले विश्वको जनसंख्या आठ अर्ब पुगेको उल्लेख गरेको हो ।

 प्रतिवेदनले औसत आयुमा वृद्धि र बाल मृत्युदरको कमीलाई जनसंख्या वृद्धिको मुख्य कारण मानेको छ ।विश्वको जनसंख्या एक अर्बले बढ्न १२ वर्ष  लागेको र अर्को अर्ब थपिन करिब १५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

विश्वको जनसंख्याको वृद्धि कोभिड–१९ महामारीमा समेत जारी रहेको र यो अवधिमा जनसंख्या एक करोड ६० लाखदेखि दुई करोड ८० लाखले बढेको आकलन छ । यो संख्या यस अवधिमा भएका मृत्युको २० प्रतिशत हाराहारी हो ।

सुझावित समाचार