मापसे गर्ने पैसा नदिएको भन्दै श्रीमतीको मुखमा अगुल्टो झोसेपछि...

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

मादक पदार्थ सेवन (मापसे) गर्न पैसा नदिएको भन्दै दैलेखमा एक व्यक्तिले श्रीमतीको मुखमा आगोको अगुल्टो झेसिदिएका छन्। नारायण नगरपालिका– ६ का गोपाल बादीले श्रीमती बिस्ना बादीको मुखमा अगुल्टो झोसिदिएका हुन्।

अगुल्टो झोसेपछि पोलिएको मुख लिएर बिस्ना जिल्ला प्रहरी कार्यालय दैलेख पुगेकी छिन्। गोपालले सोमबार साँझ घरमा आएर मापसे गर्ने पैसा मागेका थिए। पैसा दिन नमानेपछि उनले मुखमा अगुल्टो झोसिदिएकाे बिस्नाले बताएकी छिन्। ‘मुख च्यातेर अगुल्टो झोसे। अहिले उपचार गर्ने पैसा छैन्,’ उनले भनिन्, ‘राति नै प्रहरीकोमा आएकी थिएँ। प्रहरीले उपचार गर्न जानु, कानुनी उपचार भोलि बिहान गरौँला भनेपछि फर्किएँ।’

दैनिक मजदुरी गर्ने उनीहरूका तीन छोरी र एक छोरा छन्। उपचार र कानुनी परामर्शका लागि बिस्नालाई अहिले सामाजिक सेवा केन्द्र दैलेखको सेल्टरमा राखिएको छ।

See More On

सुझावित समाचार