१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मतदानका दिन यी सवारीलाई पास नचाहिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५६:oo

निर्वाचन आयोगले मतदानका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यकता नरहेको प्रस्ट पारेको छ। आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, अस्पतालमा कार्यरत परिचयपत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने बताएको छ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पास लिनुनपर्ने बताए। उनले निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताको सवारीसाधनलाई पनि अनुमति आवश्यक नपर्ने बताए।

त्यसैगरी, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटको सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, कूटनीतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरूमा कार्यरत कर्मचारीले प्रयोग गर्ने सवारीसाधनलाई पनि अनुमति आवश्यक पर्नेछैन।

सचिव दुवाडीले सूचना तथा प्रसारण विभाग, प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण अथवा त्यस्तै प्रकृतिको नियामक निकायले जारी गरेको प्रेस पास, प्रचलित कानुनबमोजिम प्रेस काउन्सिलमा दर्ता भई सूचीकृत सञ्चार निकायहरूको परिचयपत्रको आधारमा समेत सवारीसाधनको हकमा अनुमति लिनुनपर्ने प्रस्ट पारे।

आयोगले अशक्त व्यक्तिहरूको हकमा समेत मतदानलाई सहजीकरण गर्न वडा कार्यालयको सिफारिसमा सम्बन्धित निर्वाचन अधिकृतले अनुमतिपत्र दिने व्यवस्था गरेको छ। त्यस्तै, पूर्ण अपांगता भएका वा ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूको हकमा पनि अवधि कायम रहेको परिचयपत्रको आधारमा सवारीसाधन प्रयोग गर्दा अनुमति चाहिनेछैन।

निर्वाचन आयोगले अन्यको हकमा भने सम्बन्धित निर्वाचन अधिकृतले आवश्यकताको आधारमा अनुमति दिने व्यवस्था गरेको छ। मानवीय उद्धार तथा सहायता एवं आपतकालीन अवस्थामा प्रयोग गर्ने सवारीसाधनको हकमा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीले व्यवस्थापन गर्न सकिने आयोगले जनाएको छ। निर्वाचन प्रतिनिधिहरूले सम्बन्धित निर्वाचन अधिकृतबाट तोकिएबमोजिमको मापदण्डको आधारमा अनुमतिपत्र प्राप्त गर्नेछन्।

ad
ad