१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अभिनेता
२०७९ कार्तिक २८ सोमबार ०९:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

मलाई ‘शिरीषको फूल’ मन पर्छ : बुद्धि तामाङ

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २८ सोमबार ०९:५९:००

पुस्तक पढ्ने कुनै निश्चित समय त छैन, तर फुर्सदमा पढिहाल्छु । म प्रायः किताब किनेर नै पढ्छु । किनेर पढेको पुस्तकको महत्व पनि बढी हुँदोरहेछ । प्रायः नाटकसम्बन्धी पुस्तक नै मेरो रोजाइमा पर्छ । म पुस्तक मागेर वा साटेर पनि पढ्छु ।

आफूले मागेर ल्याएको पुस्तक सम्झिएर फिर्ता दिने मेरो बानी छ । हाम्रा कालाकारहरूको टिममा पनि पुस्तकको बारेमा कहिलेकाहीँ चर्चा हुन्छ । जीवनमा मन पर्ने पुस्तक धेरै छन् । मलाई मन परेका पुस्तकको कुरा गर्ने हो भने शिरीषको फूल, सिद्धार्थ हुन् । पुस्तकमा आफूले नभोगेको जीवन र सोचहरू पनि पाइने रहेछ ।