१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका संखुवासभा
२o८१ बैशाख २० बिहीबार o७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

किमाथांका पठाइयो निर्वाचन सामग्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१४:oo

 प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चीनको सीमावर्ती दुर्गम किमाथांकामा निर्वाचन टोली पठाइएको छ । आइतबार भोटखोला गाउँपालिका– १ को चीनको सीमावर्ती किमाथांका र वडा नम्बर २ को रिदाक र थुदाममा निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत र सुरक्षाकर्मीसहितका टोली पठाइएको हो । 

सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किमि टाढा रहेको किमाथांका, रिदाक र थुदाम पुग्न तीन दिन पैदल लाग्छ । खाँदबारीदेखि वरुणसम्म यातायातको सुविधा भए पनि त्यहाँदेखि पैदल हिँड्नुपर्छ । ३० कात्तिक बेलुकीसम्म मतदानस्थलसम्म पुग्ने गरी मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मीसहितका निर्वाचन सम्पन्न गराउन टोली पठाइएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार जिल्लाका अन्य नजिकका ठाउँहरूमा सोमबारदेखि पालै–पालो निर्वाचन सामग्री र सुरक्षा टोलीसहित मतदानस्थल खटाइनेछ । संखुवासभामा एक प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र छ ।

पाँचवटा नगरपालिका र पाँचवटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको संखुवासभामा ७६ वटा वडा छन् । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार संखुवासभामा एक लाख १७ हजार ५५४ जना मतदाता छन् । जिल्लामा एक सय आठ मतदानस्थल र एक सय ६२ मतदान केन्द्र छ । दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । 
 

ad
ad