मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २८ सोमबार ०६:४१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुणस्तरहीन दुईवटा औषधि बिक्री–वितरणमा प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २८ सोमबार ०६:४१:००

 बजार अनुगमनका क्रममा फेला परेका दुईवटा गुणस्तरहीन औषधिलाई बिक्री–वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बायोजन रेमोडाइज र लोमस फर्मास्युटिकल्स कम्पनीको क्याल्सियम र भिटामिनका ट्याब्लेटहरू बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो । 

विभागका अनुसार रुपन्देहीमा रहेको कम्पनी बायोजेन रेमिडाइज प्रालिको बायोकल–डी ब्याच नम्बर बिडि२१०४ लाई बिक्रीमा रोक लगाएको हो । यस्तै, काठमाडौं गोठाटारमा रहेको लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एस्भिट नामको ब्याच नम्बर एएस २१२१ को औषधि बिक्री र प्रयोगमा रोक लगाएको हो ।

 बजार अनुगमनका क्रममा गुणस्तर नभएका औषधि भेटिएपछि विभागले बजारमा भएको औषधीसमेत फिर्ता पठाउन निर्देशन दिएको छ । औषधिको गुणस्तर कायम नगरी प्रयोगमा आएकालाई विभागले औषधि ऐन, २०३५ अनुसार बिक्री–वितरण रोक्का गरी बजारबाट फिर्ता पठाउँदै आएको छ । गत भदौमा समेत बजार अनुगमनमा गुणस्तरहीन भेटिएपछि नोभा जेनेटिका कम्पनीको जिनोमिन डिटीलाई प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।