मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Tuesday, 15 July, 2025
२o७९ कार्तिक २७ आइतबार २o:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्रस–च्यानल पार गरी बेलायत प्रवेश गर्नेको संख्या ४० हजारभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार २o:४६:oo

सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढी आप्रवासीले च्यानल पार गरी बेलायत प्रवेश गरेको बेलायत सरकारले आइतबार जनाएको छ। यस वर्ष प्रवेश गर्ने कुल आप्रवासीको संख्या ४०,८८५ रहेको छ, जसमध्ये अधिकांश अल्बानियाली, इरानी र अफगानी रहेका छन्। 

यो संख्या गत वर्षभन्दा करिब १२ हजार बढी हो। गत वर्ष च्यानल पार गरेर बेलायत पुग्ने आप्रवासीको संख्या २८ हजार ५६१ भन्दा बढी रहेको रक्षा मन्त्रालयले जनाएको छ। शनिबार मात्रै २२ वटा डुंगामा करिब ९७२ जनाले जोखिमपूर्ण च्यानल पार गरेको जनाइएको छ। यो संख्या वर्षौंदेखि बढ्दै गएको छ। बेलायत सरकारका अनुसार सन् २०१८ मा करिब २९९ जनाले यो बाटो प्रयोग गरेका थिए। त्यसैगरी, सन् २०१९ मा एक हजार ८४३ र सन् २०२० मा आठ हजार ४६६ व्यक्तिले उक्त मार्गको प्रयोग गरेका थिए।

आप्रवासीहरूलाई रुवान्डा पठाउने योजनासहित बेलायतका विभिन्न पहलका बाबजुद यो संख्या निरन्तर बढिरहेको छ, जुन अदालतहरूमा अवरुद्ध गरिएको छ। गत साता बेलायती प्रधानमन्त्री ऋषि सुनकले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोसँग पहिलोपटक प्रत्यक्ष भेट गरेपछि फ्रान्ससँग सहमति भएको नयाँ योजनाअनुसार काम भइरहेको बताएका थिए।