१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Friday, 21 June, 2024
२o७९ कार्तिक २७ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार १८:३५:oo

पूर्ण रूपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ। आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो।

यसभन्दा अघि कोइलाको अभाव र मर्मतको लागि लामो समय उद्योग बन्द गरिएको थियो। उद्योगलाई कोइलाको अभावमा पटक-पटक बन्द गरिएपछि मजदुर युनियनहरूले महाप्रबन्धकलाई तत्काल उद्योग सञ्चालन गर्न माग गर्दै आएका थिए।

‘यस उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा क्रियाशील ट्रेड युनियनहरूले सिमेन्ट प्लान्ट र बिक्री सुचारु भए तापनि क्लिङ्कर उत्पादन गर्न कच्चा पदार्थ अभाव भई बन्द भएको तर आज (आइतबार) सम्म पाँच सय मेट्रिकटन कोइला आइसकेको र निर्वाचन अघिपछिसम्म पाँच सय मेट्रिकटन थप गरी तत्काल सञ्चालन गर्ने सहमति भई कार्यान्वयनमा लैजाने,’ उद्योग प्रशासन र मजदुरहरूबीच सहमतिपत्रमा भनिएको छ।

चालू आर्थिक वर्षमा उद्योगका सहायक महाप्रबन्धक उमाशंकर आनन्दका अनुसार चालू आर्थिक वर्षको साउनमा १२, भदौमा ८, असोजमा १५ दिन, कात्तिकमा हालसम्म उद्योग कोइला अभाव र मर्मतको लागि बन्द भएको छ। ‘उद्योग बन्द हुनुपर्ने मुख्य कारण कोइला अभाव र मर्मत हो,’ उनले भने। 
 

ad
ad
ad
ad