मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका रुपन्देही
२o७९ कार्तिक २६ शनिबार १६:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीलाई देशकै आर्थिक केन्द्र बनाउँछौँ : विष्णु पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १६:४६:oo

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्। शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस्तो दाबी गरेका हुन्।

आफूलाई यस वर्ष मतदाताहरूबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उपाध्यक्ष पौडेलको दाबी छ। उनले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानवीय विकासका दृष्टिकोणले देशकै नमुना बनाउने उद्घोष गरे।

‘हामी यो जिल्लालाई विकासको नमुना बनाउन भौतिक विकासका दृष्टिले देशकै नमुना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानवीय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमुना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ,’ उनले भने।

रुपन्देही क्षेत्र नम्बर २ बाट एमालेका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जित्नैपर्ने बताए।