Skip This
५ हजार घुस लिने मालपोतका कार्यालय सहयोगीविरुद्ध २ लाख ६६ हजार बिगोसहित मुद्दा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २४ बिहीबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

५ हजार घुस लिने मालपोतका कार्यालय सहयोगीविरुद्ध २ लाख ६६ हजार बिगोसहित मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार १७:१७:oo

पाँच हजार रुपैयाँ घुससहित पक्राउ परेका कार्यालय सहयोगीविरुद्ध दुई लाख ६६ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

डिल्लीबजार मालपोतमा कार्यरत पाँचौँ तहका कार्यालय सहयोगी होमनाथ खतिवडालाई अख्तियारको टोलीले यही ४ कात्तिकमा पाँच हजार घुससहित रंगेहात पक्राउ गरेको थियो। 

मोही लगत कट्टा गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएका उनलाई उजुरीपछि अख्तियारको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो। रंगेहात पक्राउपछि खानतलासीका क्रममा अख्तियार टोलीले खतिवडाबाट तीन लाख १८ हजार रुपैयाँसमेत बरामद गरेको थियो। 

स्रोत पुष्टि गर्न नसकेपछि त्यसमध्येको दुई लाख ६१ हजारको स्रोत तथा प्रयोजन पुष्टि नभएपछि उक्त रकमसमेतलाई बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ। जफत रकम बरामद गर्नसमेत आयोगले भनेको छ।