१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ह्वावे र वेबसर्फरबीच डिजिटल रूपान्तरणमा साझेदारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५o:oo

इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनी वेबसर्फर र आइसिटी पूर्वाधार प्रदायक ह्वावेबीच आइएसपीको डिजिटल रूपान्तरणका लागि साझेदारी गर्ने सम्झौता भएको छ । दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउने उद्देश्यले सहकार्य गरेका हुन् । 

सम्झौताअनुसार यसै वर्षदेखि वेबसर्फरलाई एन्ड–टु–एन्ड नेटवर्क सोलुसन र अप्टिकल, इन्टेलिजेन्ट प्रविधि प्रदान गर्ने जिम्मेवारी ह्वावेले वहन गर्ने जनाइएको छ । यो साझेदारीले ताजा सोलुसनद्वारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने दुवै कम्पनी सहमत भएको वेबसर्फरले जनाएको छ । यो ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर ‘रिसर्च एन्ड डेभलपमेन्ट’ लगानीको परिणाम भएकाले यसको प्रयोगकर्ता बढ््दै गएको जनाइएको छ । 

ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै, ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । ‘यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो जसले हाम्रा दुई कम्पनीका लागि विन–विन लाभ सिर्जना गर्नेछ,’ ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने, ‘हामी वेबसर्फरका लागि एक फ्युचर–प्रुफ नेटवर्क सिर्जना गर्दै छौँ र ह्वावेको पछिल्लो कन्जुमर–एन्ड उपकरण नेपालमा ल्याइरहेका छौँ ताकि ग्राहकले वेबसर्फरको इन्टरनेट प्रयोग गरी सहज अनुभव लिन सकून् ।’ 

वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्रीले बढ्दो प्रविधि र आप्mना ग्राहकको आवश्यकता बुझ्ने पार्टनरको खोजीमा ह्वावे नै उच्च गतिको फाइबर इन्टरनेट र सुरक्षित नेटवर्क सोलुसन उपलब्ध गराउने प्रतिस्पर्धीविनाको कम्पनीको रूपमा भेटिएको बताए । उनले भने, ‘यस पार्टनरसिपको फलस्वरूप, वेबसर्फरका ग्राहकले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाई रोमिङ सुविधा र समग्रमा कुनै पनि अवरोध वा डाउन–टाइमविना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्नेछन् । ह्वावेले हामीलाई बढ्दो प्रविधिहरूसँगै अगाडि राख्ने र हाम्रा ग्राहकहरूलाई लेटेस्ट प्राविधिक अनुभवहरू उपलब्ध गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।’

ad
ad