१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक २३ बुधबार १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरी-१ का एमाले उम्मेदवार लक्ष्मी महतोलाई आयोगले सोध्यो स्पष्टीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार १८:१३:oo

निर्वाचन आयोगले महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लक्ष्मी महतोलाई स्पष्टीकरण सोधेको छ। महोत्तरी गौशालास्थित रेडियो जुनतारामा दिएको अन्तर्वार्ताका बोलेको अभिव्यक्तिका कारण उनलाई स्पष्टीकरण सोधिएको हो।

महतोलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, महोत्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ।

आयोगका अनुसार रेडियोको अन्तर्वार्तामा महतोले यस्तो भनेका थिए -

‘अहिले चुनावका कारण धेरै दम राखेको छु। चुनावपछि देखाइदिन्छु। हारे पनि के हुन्छ, म सबैलाई तह लगाइदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस्। कुरा बुझ्नुभो नि! तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ। त्यस्तो मान्छेलाई पिटिन्न भने के खुट्टा ढोगौँ। खुट्टा ढोगेर काम लाग्छ। जानुस् दिनुहुन्न मलाई नदिनुस्, तर मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा भन्दा म आफैँ गएर एकाध थप्पड पिटेँ। मैले चुनावका कारण धेरै धीरता राखेको छु। चुनावपछि देखाइदिन्छु। हारे पनि के हुन्छ र सबैलाई तह लगाइदिन्छु। कुनै पनि कार्यक्षेत्रको व्यक्तिलाई छोड्दिनँ। तपाईं भोट दिनुहुन्न के हुन्छ ? यहाँको स्थानीय सरकार मेरै हो। यसको रिजल्ट पाँच वर्षसम्ममा आउँछ नि !...’