Skip This
मोरङमा उम्मेदवारको मृत्यु : भाेलि पुनः उम्मेदवारी दर्ता, शोकमा सार्वजनिक बिदा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ कार्तिक २३ बुधबार १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङमा उम्मेदवारको मृत्यु : भाेलि पुनः उम्मेदवारी दर्ता, शोकमा सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार १७:४३:oo

मोरङमा प्रदेश १ सभाका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएपछि फास्टट्रयाकबाट पुन उम्मेदवारी दर्ता हुने भएको छ। 

मोरङको ३ ‘क’ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा कांग्रेसका ५८ वर्षीय शेखरचन्द्र थापाको डेंगु संक्रमणले निधन भएपछि प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धाका लागि पुनः सोही दलबाट फास्टट्रयाकबाट अर्को उम्मेदवारको मनोनयन दर्ता हुने भएको हो। 

उम्मेदवार थापाको मृत्यु भएपछि निर्वाचन कार्यालय मोरङले २४ कात्तिकमा सोही दलबाट अर्को उम्मेदवारको मनोनयन दर्ता गराउन पाउने र २५ कात्तिकमा चुनावचिह्न प्रदान गरिने सूचना प्रकाशन गरेको छ। 

निर्वाचन कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार मृत्यु भएका उम्मेदवारको स्थानमा अर्को उम्मेदवारको मनोनयन दर्ता गराउने, सूची प्रकाशन गर्ने र दाबी विरोधउपर २४ गते नै छिनोफानो गर्नेछ। 

२५ कात्तिकमा नामावली प्रकाशन गर्ने, उम्मेदवारी फिर्ता लिनेलगायतका सबै प्रक्रिया टुंगो लगाएर नयाँ उम्मेदवारलाई चुनावचिह्न प्रदान गरिनेछ।  

प्रदेश १ सरकारका वन, वातावरण तथा भूसंरक्षणमन्त्री रहेका थापा डेंगु संक्रमण भएपछि ज्वरोले थलिएका उम्मेदवार थापा २४ असोजमा उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना भएका थिए। काठमाडाै‌ंमा समेत उपचार गराएर फर्किएका उनको २३ कात्तिक बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।
  
मन्त्री थापाको निधनको शोकमा प्रदेश १ सरकारले २४ कात्तिकमा सार्वजनिक बिदा घोषणा गरेको छ। मन्त्री थापाको निधनप्रति प्रदेश १ सरकारको तर्फबाट मुख्यमन्त्री राजेन्द्रकुमार राईले शोक व्यक्त्त गरेका छन्।