१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक २२ मंगलबार १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार १८:१८:oo

सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/ नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। 

मंसिर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रसारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछि अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराईले सो निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

नेपालको कुनै पनि कानुनले त्यसरी दर्शकका लागि अतिरिक्त शुल्क लिन पाउने व्यवस्था नगरेकाले त्यसलाई रोक्नका लागि आफूहरूले सर्वोच्च अदालतमा रिट दिएको रसो निर्णय कार्यान्वयन नगर्न, नगराउन अल्पकालीन अन्तरिम आदेश जारी भएको अधिवक्ता किशोर पौडेलले बताए।