Skip This
गठबन्धन गर्नु लोसपाको बाध्यता  ः अध्यक्ष ठाकुर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Wednesday, 17 September, 2025
फाइल तस्बिर
रासस जलेश्वर
२o७९ कार्तिक २१ सोमबार ११:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन गर्नु लोसपाको बाध्यता  ः अध्यक्ष ठाकुर

Read Time : < 1 मिनेट
रासस, जलेश्वर
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार ११:१२:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको बताएका छन्।

महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकारसम्पन्न बनाउन विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए।

अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेका आवाजलाई पूरा गर्न र मधेसलाई न्याय दिलाउन लोसपाले गठबन्धन गर्नुपरेको जिकिर गरे। उनले भने, ‘जेलमा रहेका साथीहरूलाई  निकाल्नुपर्नेछ। झुठा  राजनीतिक मुद्दा खारेज गराउनुपर्नेछ। नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्नेछ। साथै, मधेस र मधेसीलाई अधिकारसम्पन्न बनाउनुपर्नेछ।  त्यसैले गठबन्धन लोसपाको बाध्यता हो।’

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले मधेस र मधेसी जनतालाई थप हक–अधिकार दिलाउन  लोसपा सक्षम रहेको दाबी गरे।