महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ।
हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रधानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरेका छन्। त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा कलेजका तर्फबाट प्रधानाध्यापक मनिता ओली र बैंकका तर्फबाट विभाग प्रमुख कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापश्चात् बैंकले कलेजका विद्यार्थीका लागि इन्टर्नसिपको अवसर, रोजगारी मेला कार्यक्रम, बैंकिङ अवेरनेस कार्यक्रम, गेस्टलेक्चर भिजिटलगायत अन्य कार्यक्रम प्रदान गर्नेछ। यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।