१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
श्रीलंकालाई हराएपछि खुसीयाली मनाउँदै इंग्ल्यान्डका ब्याट्सम्यानद्वय क्रिस वोक्स र बेन स्टोक्स ।
एजेन्सी सिड्नी
२o८१ बैशाख २४ सोमबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी सिड्नी
नयाँ पत्रिका सिड्नी
२o८१ बैशाख २४ सोमबार o७:११:oo

श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो । 

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया बाहिरियो 
सुपर १२ अन्तर्गत समूह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनल पुग्दा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।न्युजिल्यान्ड र इंग्ल्यान्ड समान पाँच खेलबाट ७ अंक जोड्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । समान खेलबाट सात अंक भए पनि नेट रनरेटमा पछि पर्दा अस्ट्रेलियाको यात्रा समूह चरणमै टुंगियो । इंग्ल्यान्डको नेट रनरेट ०.४७ तथा अस्ट्रेलियाको –०.१७ रह्यो । त्यसैगरी, चार अंक जोडेको श्रीलंका, तीन अंक जोडेको आयरल्यान्ड र दुई अंक जोडेको अफगानिस्तान समूह चरणबाटै बाहिरिएका छन् । 

इंग्ल्यान्डको संघर्षपूर्ण ब्याटिङ
श्रीलंकाविरुद्ध एक सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.४ ओभरमा ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य हासिल गरेको थियो । इंग्ल्यान्डले पहिलो विकेटका लािग ७५ रनको साझेदारी गरेको थियो । उसका ओपनर एलेक्स हेल्सले सर्वाधिक ४७ रन बनाए । ३० बलको सामना गरेका एलेक्सले सात चौका र एक छक्का हिर्काए । त्यसैगरी, २३ बल खेलेका अर्का ओपनर जस बटलरले २८ रनको योगदान गरे । त्यस्तै, बेन स्टोक्सले ३६ बलमा ४२ रन जोडे । बलिङतर्फ श्रीलंकाका लाहिरू कुमारा, वानिन्दु हसरंगा डी सिल्भा र धनञ्जय डी सिल्भाले समान दुई विकेट लिएका थिए । 

पाथुमको अर्धशतक
त्यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले ओपनर पाथुम निसंकाको अर्धशतकीय इनिङ्सको मद्दतमा आठ विकेट गुमाउँदै एक सय ४१ रनको योगफल तयार पारेको थियो । पाथुमले ४५ बलमा ६७ रन बनाएका थिए । उनले दुई चौका र पाँच छक्का प्रहार गरेका थिए ।

समूह २ मा रोमाञ्चक प्रतिस्पर्धा आज
विश्वकप सुपर १२ अन्तर्गत समूह २ मा आइतबार तीन खेल हुँदै छन् । आइतबार बिहान नेपाली समयअनुसार ५ बजेर ४५ मिनेट जाँदा दक्षिण अफ्रिका र नेदरल्यान्डबीचको खेल सुरु हुनेछ । ९ बजेर ४५ मिनेट जाँदा पाकिस्तान र बंगलादेश भिड्नेछन् । दिउँसो १ः४५ बजे हुने खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुनेछ । यस समूहबाट कुनै पनि टिम अहिलेसम्म सेमिफाइनल पुग्ने तय भइसकेको छैन । भारत, दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेश सेमिफाइनल स्थान बनाउने दौडमा छन् । अन्तिम दिन जित हासिल गरेमा भारत र दक्षिण अफ्रिका स्वतः सेमिफाइनल पुग्नेछन् । तर, बाँकी टोलीको हकमा आफ्नो खेल जितेर मात्रै पुग्दैन, अन्य प्रतिस्पर्धीकोे खेलको नतिजाले मात्रै उनीहरू सेमिफाइनल पुग्ने वा नपुग्ने निर्धारण गर्नेछ । 

यस समूहमा अहिलेसम्म भारतले चार खेलबाट ६ अंक बटुलेको छ । पाँच अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । पाकिस्तान र बंगलादेशको समान चार अंक रहेको छ । जिम्बावेको तीन अंक छ । र, नेदरल्यान्ड्सले दुई अंक मात्रै जोडेको छ ।

 

ad
ad