१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक १९ शनिबार १४:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अबको नेपाल हाँक्ने युवा प्रदीप, गगन र विश्वप्रकाश हुन् : डा. वाग्ले

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १९ शनिबार १४:२६:००

अर्थशास्त्री एवं कांग्रेसका युवा नेता डा. स्वर्णिम वाग्लेले पार्टीभित्रका आशालाग्दा नेताहरूले अब युवाको प्रतिनिधित्व गर्नुपर्ने वेला आएको बताएका छन्।  

बुद्धिजीवी तथा पेसागत समूहले शनिबार काठमाडौंको विशालनगरमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै डा. वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन्। 

उनले कांग्रेसभित्र मात्र नभई राजनीतिमा नै आशा गरिएका तीन युवाहरूको खाँचो संसदमा रहेको बताए। गतिशील अर्थतन्त्र निर्माणका लागि लागि तीन युवाहरूको हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो। 

उनले भने, ‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, कांग्रेसमा आशालाग्दा केही अनुहार हुनुहुन्छ। गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रूपमा लिन्छौँ। उहाँहरू निर्वाचित भएर काठमाडौं–५, काठमाडौं–४ र झापा–१ बाट आएर चाहिँ तमाम युवाको प्रतिनिधित्व गर्नुहोस्। तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस्।’ 

त्यसैगरी, कांग्रेसले बोकेका नयाँ एजेन्डाहरूलाई बोकेर हिँड्नुपर्नेमा जोड दिँदै उनले हजारौँ लाखौँ अन्य पेसा व्यवसाय गर्ने युवाहरूलाई उत्साहित गर्नुपर्ने बताए। त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागिसमेत तीन युवाहरूले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको बताए। 
 
‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने वेला आएको छ,’ डा.वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिबल सब्सट्यान्टिभ एजेन्डामा अब उहाँहरूले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा छ।’ त्यसैगरी, काठमाडौं–५ का सबै उम्मेवारहरूलाई जितको शुभकामनासमेत व्यक्त गरेका छन्।