१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Sunday, 29 September, 2024
नवीन अर्याल नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार o७:३२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अक्टोबरमा भित्रिए ८८ हजार पर्यटक

Read Time : > 2 मिनेट
नवीन अर्याल, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार o७:३२:oo

७७ देशका १३ सय ६० आरोही शरद् ऋतुमा हिमाल चढ्ने उद्देश्यले नेपालमा

कोभिड महामारीपछि ‘अक्टोबर’ महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । एक महिनामा विभिन्न देशबाट ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या कोभिडअघि अक्टोबर २०१९ को तुलनामा करिब ७२ प्रतिशत रहेको पर्यटन बोर्डले जनाएको छ । यो महिना नेपालमा एक लाख २३ हजार दुई सय ६७ पर्यटक भित्रिएका थिए । 

पछिल्लो १० महिना (जनवरी–अक्टोबर)मा चार लाख ७३ हजार पाँच सय ६३ पर्यटक भ्रमणमा आएका छन् । पर्यटक आगमनको तथ्यांकले पर्यटन लयमा फर्किन थालेको स्पष्ट संकेत देखाएको बोर्डका निर्देशक मणिराज लामिछानले बताए । कोभिड महामारी कम भएसँगै सन् २०२२ को सुरुवातदेखि नै पर्यटक आगमन निरन्तर बढिरहेको छ । जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६ सय आठ, जुनमा ४६ हजार नौ सय ५७, जुलाईमा ४४ हजार चार सय ६२, अगस्टमा ४१ हजार तीन सय चार, सेप्टेम्बरमा ५८ हजार तीन सय १४ र अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।

कोभिडपछि अक्टोबर २०२० मा दुई हजार २५ र अक्टोबर २०२१ मा २३ हजार तीन सय ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए । अघिल्ला दुई वर्षको तुलनामा अक्टोबर २०२२ मा पर्यटक आगमनमा सुधार आएको लामिछानेको भनाइ छ । अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १६ हजार नौ सय १० पर्यटक आएका छन् । यो संख्या २०१९ को तुलनामा ३३ प्रतिशतले बढी हो । अक्टोबरमा भित्रिएका कुल पर्यटकमध्ये १९ प्रतिशत भारतीय मात्र रहेका छन् । 

शरद्मा साढे १३ सय आरोहीले हिमाल चढ्ने
शरद्कालीन पर्यटकीय सिजनमा नेपालमा हिमाल आरोहण र ट्रेकिङमा आउने पर्यटक पनि उल्लेख्य रहेको देखिएको छ । पर्यटन विभागले शरद् ऋतुमा नेपालसहित ७७ देशका तीन सय ११ महिलासहित १३ सय ६० आरोहीलाई आरोहण अनुमति दिएको छ । २ नोभेम्बरसम्म एक सय ६१ टिमले ४४ हिमाल आरोहण गर्न स्वीकृति लिएका छन् । यो सिजनमा हिमाल चढ्नेमा सबैभन्दा धेरै आमादब्लम (६,८१४ मि) आरोहण गर्न ९७ महिलासहित चार सय २२, मनास्लु (७,२३४ मि) आरोहण गर्न ९७ महिलासहित चार सय चार आरोहीले अनुमति लिएका छन् । शरद् ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न एक महिलासहित पाँचजनाले मात्र अनुमति लिएका छन् । 

सगरमाथा आरोहणका लागि वसन्त ऋतु उत्तम मानिन्छ । त्यस समय सबैभन्दा धेरै आरोही सगरमाथा आरोहणमा आउने हुन्छन् । शरद् ऋतुमा सरिबुङ चढ्न ४०, हिमलुङ चढ्न एक सय ५६, धौलागिरि चढ्न ३४, बरुत्से चढ्न ४२, अन्नपूर्ण फोर चढ्न २० आरोहीले अनुमति लिएका छन् । हिमाल चढ्न अनुमति लिने आरोहीले रोयल्टीबापत नौ करोड तीन लाख रुपैयाँ बुझाएको पर्यटन विभागले जनाएको छ । यस वर्षको वसन्त ऋतुमा एक हजारभन्दा बढीले हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।

शरद् ऋतुमा हिमाल चढ्न आउनेमा अमेरिकबाट एक सय ३२, युकेबाट एक सय १४, स्विट्जरल्यान्डबाट ५०, स्पेनबाट ८४, साउथ अफ्रिकाबाट ३०, स्लोभेनियाबाट १९, रसियन फेडेरेसनबाट ६१, पोल्यान्डबाट ५०, नर्वेबाट २२, नेदरल्यान्डबाट २०, नेपालबाट २३, जापानबाट २८, इटालीबाट ४३, इस्लामिक पब्लिक अफ इरानबाट ३१, इन्डियाबाट ४८, जर्मनीबाट ८५, फ्रान्सबाट एक सय १९, चीनबाट २२, क्यानडाबाट २७, अस्ट्रियाबाट २७, अस्ट्रेलियाबाट ४०, अर्जेन्टिनाबाट २१ आरोही आएका छन् । अनुमति पाएका अधिकांश आरोही नेपाल आइसकेका छन् भने कतिपय आउने क्रममा छन् । धेरैले हिमाल आरोहण पनि गरिसकेको पर्यटन विभागले जनाएको छ । 

कहाँबाट कति पर्यटक ?
बंगलादेशबाट दुई हजार सात सय २०, चीनबाट नौ सय ४६, मलेसियाबाट १५ सय ९०, साउथ कोरियाबाट १३ सय ७१, थाइल्यान्डबाट १२ सय ९६, फ्रान्सबाट चार हजार नौ सय २९, जर्मनीबाट चार हजार नौ सय ३५, इटालीबाट १४ सय ७१, नेदरल्यान्ड्सबाट एक हजार आठ सय ४२, स्पेन दुई हजार ९६, अस्ट्रेलियाबाट तीन हजार नौ सय ४६, क्यानडाबाट एक हजार ६ सय ८२, युएसएबाट ११ हजार आठ सय ५९, इजरायलबाट १४ सय ७२ जना पर्यटक नेपाल भित्रिएका छन् ।   

अक्टोबरमा सार्क राष्ट्रबाट २१ हजार दुई सय ४१ (२४ प्रतिशत), अन्य एसियाली देशबाट ६ हजार आठ सय ८१ (७.८ प्रतिशत), युरोपबाट ३० हजार चार सय ९० (३४.४ प्रतिशत), ओसेनियाबाट चाह हजार तीन सय दुई (३.५ प्रतिशत), अमेरिका र क्यानडाबाट १३ हजार पाँच सय ४१ (१५.३ प्रतिशत) र मध्यपूर्वबाट १० हजार एक सय ४१ (११.४ प्रतिशत) पर्यटक आएको विभागको तथ्यांक छ । नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गर्छन् । कोभिडअघि भारतीयपछि सबैभन्दा धरै नेपाल भ्रमणमा आउने पर्यटकमा चिनियाँ हुने गरेका थिए । तर, चीन सरकारले कोभिडपछि आफ्ना नागरिकलाई विश्व भ्रमणमा निस्कन स्वीकृति नदिँदा चिनियाँ पर्यटकको संख्या अत्यन्तै कम छ ।