मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १८ शुक्रबार १०:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सन्दीपविरुद्धको अभियोगमा आज पनि थुनछेक बहस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १८ शुक्रबार १०:३०:००

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै छ । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सन्दीपका तर्फबाट बिहीबार आठजना अधिवक्ताले बहस गरेका थिए ।

अझै वरिष्ठ अधिवक्ता शम्भु थापाले आज सन्दीपका तर्फबाट बहस गर्ने बताइएको छ । त्यस्तै, सरकारी वकिलको तर्फबाट पनि बहस हुने जनाइएको छ । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि  शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।