मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Tuesday, 17 December, 2024
फाइल तस्बिर
रासस दमौली
२o७९ कार्तिक १७ बिहीबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार १३:४७:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन्। तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको दाबीसमेत गरे।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै  त्यसलाई खलबल्याउने प्रयास भइरहेको दाबी गरे। ‘नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबल्याउने कोसिस भइरहेको छ,’ उनले भने, ‘लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ।’ 

उनले सत्ता खराब व्यक्तिको हातमा पुगे देश बर्बादीतर्फ जाने उल्लेख गर्दै सचेत हुन मतदातालाई आग्रह गरे। नेता पौडेलले जिल्लाको सबैभन्दा उचाइमा अवस्थित छिम्केश्वरी धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत्तर विकास गरी पर्यटनको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गरे।