१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १६ बुधबार १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इपिजीको प्रतिवेदन बुझ्न मोदीले समय दिएनन् : राजन भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १६:५३:oo

एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि इपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन्। 

बुधबार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले इपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताएका हुन्। 

उनले सन् २०१६ मा गठित इपिजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भए पनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको बताए। 

उनले एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुलाई कूटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्न जोड दिइने प्रतिबद्धता व्यक्त गरे। 

‘भारतीय पक्षले उनीहरूको प्रधानमन्त्रीको समय दिनुपर्ने हो । त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ। यद्यपि, यो प्रतिवेदन थियो । उहाँहरू प्रधानमन्त्रीको तहबाट भएको काम थियो,’ उनले भने, ‘यसलाई उहाँहरूले कार्यान्वयनको तहमा लिएर जानुपर्थ्याे, प्रतिवेदन बुझेर त्यो काम भारतीय पक्षबाट भएको छैन । हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयलाई कूटनीतिक माध्यमबाट यी विषय उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा हाम्रो जोड रहन्छ । र, नेपालको तर्फबाट हामी त्यो भूमिका खेल्नेछौँ।’