१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७९ कार्तिक १५ मंगलबार १९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

कुस्ती प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार १९:o९:oo

रुपन्देहीको रोहिणी गाउँपालिकामा मंगलबारदेखि बृहत् खुला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ। रोहिणी गाउँपालिकाको आयोजनामा श्रीरामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए। गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले युवाहरूलाई प्रोत्साहन गर्न र तराई–मधेसमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए। 

प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्त्वना १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए। पहलमानहरूलाई प्रोत्साहनबापत साइकल र टेलिभिजनको व्यवस्था गरिएको छ। प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ।

ad
ad
ad
ad