१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गच्छदारलाई टिकट दिनुमा कुनै ग्लानि छैन : सहमहामन्त्री परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२३:oo

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रष्टाचार आरोप लागेका विजयकुमार गच्छदारलाई टिकट दिनुमा कुनै ग्लानि नभएको बताएका छन्।

गच्छदारविरुद्ध मुद्दा चले पनि दोषी ठहर नभएकाले उनलाई टिकट दिनुमा कुनै ग्लानि नभएको परियारले स्पष्ट पारेका हुन्। पार्टी कार्यालय सानेपामा आयोजित छलफलमा परियारले तत्कालीन नेकपाको सरकारले राजनीतिक प्रतिशोध राखेर छानी–छानी कांग्रेसका नेताहरूलाई भ्रष्टाचार मुद्दा अघि बढाएको आरोप लगाए।

‘त्यतिवेला नेकपाको उन्मुक्त सरकार थियो। नेकपाले कांग्रेसका नेताहरूलाई छानी–छानी राजनीतिक प्रतिशोध साँध्ने किसिमले केही मान्छेलाई भ्रष्टाचार मुद्दा अगाडि बढाएको थियो,’ उनले भने, ‘त्यो प्रकरणमा विजयकुमार गच्छदारले मन्त्रिपरिषदमा प्रस्ताव मात्रै लानुभएको थियो। क्याबिनेटको निर्णयमा मन्त्रीलाई अख्तियारले मुद्दा चलाउने, प्रधानमन्त्री र मन्त्रिपरिषद्का अरूलाई मुद्दा नचलाउनु प्रतिशोध साँधिएको मात्रै हो भन्ने केन्द्रीय कार्यसमितिको ठहर पनि थियो।’

ad
ad