१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड भन्छन्– राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गोरखा आएको हुँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:३६:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गोरखाबाट उम्मेदवारी दिएको बताएका छन्। गोरखाको भच्चेकमा आइतबार घरदैलो कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

देशमा राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए पनि जनताको जीवनस्तरमा परिवर्तन नभएको उनले स्वीकार गरे। उनले भने, ‘गोरखामा म एउटा निश्चित सपना बोकेर आएको छु। राजनीतिक परिवर्तन र क्रन्ति धेरै भए, तर जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति लिएर जनतालाई यो परिवर्तनको औचित्य लिएर, सिद्ध गर्ने कुरा भनेजस्तो गरी भएनछ।’

सुशासन र विकासको सपना बोकेर राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्न र सो परिवर्तनलाई अझै परिमार्जन गरी विकसित गर्न आफू गोरखा आएको उनले दोहोर्‍याए। गोरखामा सत्तागठबन्धनका दलभित्र दरिलो एकता रहेको बताउँदै उनले सामूहिक प्रयत्नले आफ्नो सपनालाई साकार बनाउन सकिने दाबी गरे। 

गोरखा ऐतिहासिक, भौगोलिक र पछिल्लो जनआन्दोलनको दृष्टिकोणले पनि महत्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै अध्यक्ष दाहालले गोरखाबाट चुनाव लड्न पाउँदा गौरवान्वित महसुस गरेको बताए।

‘यो निर्वाचनमा सहभागी हुँदै गर्दा सायद अहिलेसम्मका निर्वाचनमध्ये मेरा लागि सबैभन्दा सहज, एक ढंगले भन्नुहुन्छ भने यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु,’ उनले भने। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अध्यक्ष दाहाल गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्।

ad
ad