मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १२ शनिबार
  • Thursday, 09 January, 2025
रमेश रावल सुर्खेत
२o७९ कार्तिक १२ शनिबार १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीकोटमा विस्फोटक पदार्थ पड्किँदा एक बालिकाको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ कार्तिक १२ शनिबार १२:१४:oo

कालीकोटमा विस्फोटक पदार्थ पड्किँदा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार तिलागुफा १० की चार वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको छ।

घटनामा परेर सोही ठाउँकै ७ वर्षीया कमला थापा, ५ वर्षीया मुस्कान थापा, ३ वर्षीया सपना थापा र ४ वर्षीया सरस्वती राना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत ल्याइएको छ। 

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ। गाई चराउन गएका बालबालिकाहरूले ओढारमा भेटाएको चिज खेलाउँदा विस्फोट भएको स्थानीय प्रेमबहादुर शाहीले बताए।