१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ११ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ कार्तिक ११ शुक्रबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भंगाहामा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार १६:११:oo

महोत्तरीको भंगाहा नगरपालिका ८ मा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकमा सहभागीहरूले आआफ्नो स्थानबाट सद्भाव बहालीका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्  

भंगाहा– ८ मा हिजो सामाजिक सद्भाव बिथोलिने गरी हिंसा भड्किएको थियो। स्थितिलाई नियन्त्रणमा ल्याउन प्रशासनले हिजो दिउँसो ३ बजेबाट लगाएको कर्फ्यु आज पनि कायमै छ। 

प्रमुख जिल्ला अधिकारी दीपक पहाडीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय सरकारका प्रमुखहरू, संघ र प्रदेशका निवर्तमान तथा पूर्वसांसदहरू, राजनीतिक पार्टीका अध्यक्षहरू, आसन्न निर्वाचनमा खडा भएका उम्मेदवारहरू, विभिन्न सामाजिक तथा धार्मिक संघसंगठनका प्रतिनिधि सहभागी थिए। 

बैठकले घटनामा परी घाइते भएकाहरूलाई उपचार र क्षतिपूर्ति, घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही तथा सामाजिक सद्भाव कायम गर्न सबै पक्षको सहभागितामा घटनास्थलमै र्याली निकाल्ने निर्णय गरेको छ।

सर्वदलीय बैठकका निर्णय ः 

ad
ad
ad
ad