१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक १० बिहीबार १६:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरीको भंगहामा भड्कियो हिंसा

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १० बिहीबार १६:१९:००

महोत्तरीको भंगहा नगरपालिका– ८ मा हिंसा भड्किएको छ। हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीको क्रममा हिंसा भड्किएको हो। 

स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरूले जनाएका छन्। प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गरेको छ। 

अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।