१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पौडेललाई शुभकामना दिँदै भोला रिजालले भने – अब युवाको पालो हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:३६:oo

काठमाडौं- ५ मा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनका उम्मेदवार रहेका प्रदीप पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले जितको शुभकामना दिएका छन्। 
अभियानका क्रममा बुधबार बिहान रिजालनिवास पुगेका प्रदीपलाई अब युवाहरूले जित्ने पालो भएको भन्दै डा. रिजालले शुभकामना दिएका हुन्। उनले प्रदीप पौडेल शान्त र हँसमुख नेता भएको उल्लेख गर्दै यस्ता व्यक्ति जीवनमा कहिल्यै पछि नपर्ने पनि बताए। 

‘जसको हाँसो उज्यालो छ नि त्यो जीवनमा कहिल्यै पनि पछि पर्दैन। यसलाई सधैँ कायम राख्नू,’ पौडेललाई शुभकामना दिँदै रिजालले भने। उनले कवितात्मक शैलीमा पौडेललाई थप भने, ‘अन्धकार पन्छाएर छरिदेऊ उज्यालो, जागे युवा जाग अब उठ्ने तिम्रो पालो।’

पौडेलले चक्रपथमा रिजालसँग भेट गर्नुअघि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न व्यक्तिहरूलाई आफ्नो भिजन र प्रतिबद्धता सुनाइसकेका छन्। 
पौडेलले आफ्नो चुनावी नारा पनि सार्वजनिक गरिसकेका छन्। पौडेलले ‘रूपान्तरणको आधार सुशासन र सदाचार अहं ! भ्रष्टाचार’ नामको नारा सार्वजनिक गरेका हुन्। 

पौडेलले निर्वाचन अभियानमा भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकता बनाएका छन्। सार्वजनिक नाराको अन्त्यमा ‘डिस्लाइक’ चिह्न प्रयोग गरिएको छ। डिस्लाइक चिह्नको अर्थ भ्रष्टाचारलाई डिस्लाइक भन्ने रहेको उनको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले मन नपराउने र अहिले सामाजिक सञ्जालको दुनियाँमा इमोजीको प्रयोग बढी हुने हुँदा सामाजिक सञ्जालकै भाषामा डिस्लाइक इमोजी प्रयोग गरिएको हो। 

पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि राज्यको कार्यकारी भूमिकामा रहेकाहरूको अख्तियारले सम्पत्ति छानबिन गर्न पाउनुपर्नेसमेत बताँउदै आएका छन्।

ad
ad