१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २० बिहीबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खानेतेल चोरेर बिक्री गरेको आरोपमा चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४५:oo

बारा प्रहरीले खानेतेल चोरेर गरी बिक्री वितरण गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटको शिवपुरी गाउँपालिका– १का सुकमान तामाङ, रौतहटको गौर नगरपालिका- १ का ३८ वर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका– ६ का ३८ वर्षीय शेख कलाम र ४७ वर्षीय वैद्यनाथ साह तेली रहेका छन्।

बाराको परवानीपुर गाउँपालिका–५स्थित मनोकामना आयल एन्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोबिन सप्लायर्सका लागि पठाइएको तेल उनीहरूले बीच बाटोमै चोरी गरी बिक्री वितरण गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूमध्ये तामाङ ट्रकचालक हुन् भने जयसवाल व्यापारी, कलाम र साह बिचौलिया रहेका छन्।

 

ad
ad