मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक ५ शनिबार १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यसकारण ओलीको प्रस्ताव अस्वीकार गरेँ : डा.स्वर्णिम वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १७:४६:oo

अर्थविद् डा.स्वर्णिम वाग्लेले नेकपा (एमाले)ले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताए। अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए। उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए। 

‘निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु। टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो। यो कुरा म आज भन्न सक्छु,’ वाग्लेले भने,‘काठमाडौं ७ बाट चुनाव लड्नुस्, हामी सहयोग गर्छौं, त्यहाँ कांग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईंलाई सहयोग गर्छ, तपाईं शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो। कुनै पार्टीले आफूले मागेको वेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्सन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न। मेरो तीनपुस्ते कांग्रेस नै हो।’