कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले परिवर्तन र विकासका लागि सत्तागठबन्धनको निर्णायक जित आवश्यक रहेको बताएका छन्। गौशालास्थित अनुपम फुडल्याण्डमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
एमाले अध्यक्ष केपी ओलीका कारण देशले दुर्गती ब्यहोरेको भन्दै प्रवक्ता महतले त्यसलाई गठबन्धनले सच्याएको उल्लेख गरे। 'ओलीजीको कारण देशले दुर्गति बेहोर्यो। त्यसलाई कांग्रेस नेतृत्वमा गठबन्धनले सच्याएको छ। परिवर्तनका लागि अब निर्णायक रुपमा पाँच वर्षे म्यान्डेट आवश्यक छ। गठबन्धनको निर्णायक विजय आवश्यक छ,' उनले भने।