मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ४ शुक्रबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वप्रकाश शर्मासँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार १७:४१:oo

झापा १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।

आचारसंहिताविपरीत आगलागीपीडितलाई आर्थिक सहयोग गरेको भन्दै आयोगले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न शर्मालाई निर्देशन दिएको हो। आगलागीपीडित केबल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट प्राप्त भएको दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको फोटो फेसबुकमा सेयर गरेको भेटिएको आयोगले जनाएको छ।