१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Sunday, 06 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ४ शुक्रबार ११:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड र मैले बनाएकाे धार नै नेपालका लागि उपयुक्त : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार ११:३३:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै हालतमा सह्य नहुने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुर्मुराइरहेको दाबी गरे। लोकतन्त्र र संविधानको रक्षाकै लागि अहिलेको निर्वाचनमा गठबन्धन बनाउनुपरेको उनको तर्क छ।

अध्यक्ष भट्टराईले एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानाबाना बुनिरहेको आरोप लगाए। पुष्पलालले अघि बढाएको धार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको उनको दाबी छ।

‘अहिले प्रतिगमनको नेतृत्व गरिरहेको जुन शक्ति छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको मूलधार, पुष्पलालहरूले नेतृत्व गरेको जुन धार हो, त्योभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानाबाना बुन्दै छन्,’ उनले भने।