मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ३ बिहीबार १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनको ‘अभुतपूर्व प्रगति’ समेटिएका फोटो पाटनमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १६:४१:oo

ललितपुरस्थित पाटन दरबार स्क्वायरमा चीनले पछिल्लो १० वर्षयता गरिबी निवारण, पूर्वाधार, स्वास्थ्य, विज्ञान र प्रविधिको क्षेत्रमा हासिल गरेका उपलब्धिका फोटो तथा ‘इन्फोग्राफ’ प्रदर्शन गरिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको जारी २०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा फ्रेन्ड्स अफ सिल्क रोड क्लबले गरेको फोटो प्रदर्शनी ‘चीनको असाधारण दशक’ भन्ने ब्यानरमा सुरु भएको छ। चरम गरिबी उन्मूलनमा चीनले गरेको सफलता, हरित प्रविधिमा गरिएको ठूलो लगानी, स्वास्थ्य सेवामा सुधार, वैज्ञानिक अनुसन्धानमा लगानी, उच्च प्रविधि उत्पादनमा भएको वृद्धिलगायतका फोटो प्रदर्शनीमा राखिएका छन्।

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा रहँदाको फोटो पनि प्रदर्शनीमा समावेश गरिएका छन्। बिहीबार बिहान ८ बजेबाट सुरु भएको फोटो प्रदर्शनी साँझ ४ बजे सकिएको थियो। प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरेका थिए। प्रदर्शनीमा चिनियाँ जनता र चिनियाँ सम्पदाहरूका फोटोलाई विशेष महत्व दिइएको थियो।

चीनले २०१२ मा ९८.९९ प्रतिशतमा रहेको ग्रामीण अतिरिक्त गरिबीलाई २०२० मा शून्यमा झारेको थियो। चीनले पछिल्ला वर्ष उच्च मूल्य अभिवृद्धि औद्योगिक उत्पादनलाई तीव्रता दिइरहेको छ। सन् २०१३ देखि २०२१ सम्म मात्रै चीनको मूल्य अभिवृद्धि औद्योगिक उत्पादनमा औसत वार्षिक ६.१ प्रतिशतले वृद्धि भएको छ।  जुन,  विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूको तुलनामा धेरै बढी छ।

यससँगै चीनले २०२१ मा औद्योगिक रोबोटको उत्पादन तीन लाख ६६ हजार पुर्‍याएको छ। यो दर वार्षिक आधारमा ६७ प्रतिशतले धेरै हो। नयाँ ऊर्जा सवारीसाधनहरूको उत्पादनमा पनि चीनले एक सय ४५ प्रतिशत प्रगति गरेको छ।