मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Friday, 10 January, 2025
दीपेन्द्र कुलु, वाद्यवादक
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक २ बुधबार o९:४७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

देउसी–भैलोमा कस्तो मादल छान्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार o९:४७:oo

गीत–संगीतमा तालको रूपमा मादलको प्रयोग अनिवार्यजस्तै हुन्छ । अहिले तिहारको मौसम छ र देउसी–भैलोमा मादलको प्रयोग अत्यधिक हुन्छ । बजारमा थरीथरीका मादल पाइन्छन् । ठूलो मादल तबलाजस्तै हुन्छ । अर्को मिडियम मादल भनिन्छ । यो मादल देउसी–भैलोमा चल्छ । क्लब, दोहोरी साँझमा पनि यसको प्रयोग हुन्छ । अर्को सानो मादल हुन्छ, जुन एउटा हातले बजाउन मिल्ने हुन्छ । यसलाई टप साइज, गिलासे पनि भनिन्छ । यो सानो मादल ब्यान्डहरूले पनि प्रयोग गर्ने गरेको पाइन्छ । 

चाडपर्वको समयमा अहिले बजारमा कमसल मादलहरू आएको छ । जसमा खरी नभएको र सेतो डोरी राखिएको छ । यस्तो मादल बिग्रिएमा मर्मत हुँदैन । यदि मादल किन्दै हुनुहुन्छ भने खरी हालेको मादल किन्नुपर्छ । 

मादल बजाउन जान्ने मानिसलाई कुन मादल कत्तिको बज्छ, कस्तो बज्छ भन्ने थाहा हुन्छ । त्यसैले जानकारलाई देखाएर मात्रै किन्नुपर्छ । मादलमा प्रयोग गरिएको काठ कस्तो हो, राम्रो काठ प्रयोग गरिएको छ वा छैन, हेरेर मात्र किन्नुपर्छ । राम्रो काठ प्रयोग गरी बनाइएको मादल टिकाउ हुन्छ । सस्तो मूल्यभन्दा गुणस्तरीय मादल किन्नुपर्छ ।