१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १ मंगलबार १७:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रेसिडेन्सियल बिजनेस स्कुल ‘एक्सिलेन्स एजुकेसन अवार्ड’ र ‘इमर्जिङ आइटी कलेज अफ द इयर’बाट पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १७:o८:oo

काठमाडौंको थापागाउँमा रहेको प्रेसिडेन्सियल बिजनेस स्कुल, ‘एक्सिलेन्स एजुकेसन अवार्ड’ र ‘इमर्जिङ आइटी कलेज अफ द इयर २०२२’ बाट पुरस्कृत भएको छ। उक्त पुरस्कार एक कार्यक्रमबीच संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा प्रदान गरिएको हो।

सन् २०११ मा स्थापना भएको प्रेसिडेन्सियल बिजनेस स्कुल नेपालमा गुणस्तरीय शिक्षा प्रदानका लागि एक नमुना केन्द्रको रूपमा रहँदै आएको छ। प्रेसिडेन्सियल बिजनेस स्कुल अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बद्ध रहेको स्कुलका अध्यक्ष लक्ष्मण केसीले बताए। उनले भने,  ‘प्रेसिडेन्सियल बिजनेस स्कुलको दक्ष मानव स्रोतसाधन, प्राविधिक जनशक्ति, अत्याधुनिक भौतिक तथा प्राविधिक पूर्वाधारहरू र अन्तर्राष्ट्रिय एक्सपोजरको कारण यस स्कुलले नेपालमा नै अन्तर्राष्ट्रिय स्तरका शिक्षा प्रदान गरिरहेको छ।’

केसीका अनुसार प्रेसिडेन्सियल बिजनेस स्कुलले यसै वर्ष ‘न्यू बिजनेस एज रेटिङ २०२२’ मा एमबिए श्रेणीमा टप सेकेन्ड बिजनेस स्कुलको अवार्डसमेत प्राप्त गरेको थियो।

नेपाल एजुकेसन अवार्ड २०२२ कार्यक्रमका प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्त रूपमा अवार्ड वितरण तथा सम्मान गरेका थिए।

कार्यक्रममा नेपालभरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरूलाई ३४ विधामा र व्यक्तिगततर्फ १६ जनासहित कुल ५० अवार्डहरू वितरण गरिएको थियो। अंग्रेजी माध्यमबाट प्रकाशन हुने अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले उक्त पुरस्कार प्रदान गरेको हो।