मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०८:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विविनि फारम–४ भनेको के हो ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०८:०१:००

विदेशी विनिमय नियन्त्रणको छोटो रूप हो, विविनि । परिवत्र्य विदेशी मुद्रामा प्रतीतपत्र खोल्ने बैंकले विदेशबाट मालवस्तु चलानी भएको कागजात प्राप्त हुनासाथ सो मूल्यबराबरको रकम पैठारीकर्ताबाट असुल गरी भुक्तानी पठाउँदछ । 

भन्सार प्रयोजनका लागि प्रतीतपत्रमा उल्लेख भएबमोजिमको भुक्तानी गएको रकम नेपाल राष्ट्र बैंकबाट निर्धारित ढाँचाको फारम सम्बन्धित बैंकले पठाउँदछ । यसैलाई विविनि फारम–४ भनिएको हो । 

भन्सार कार्यालयले मालवस्तु जाँचपास गरिसकेपछि विविनि फारमलाई प्रमाणित गर्दछ । यसको उद्देश्य वैदेशिक मुद्रा अपचलन हुनबाट रोक्नु हो । विदेशी मुद्रामा खोलिएको प्रतीतपत्रको पक्षमा मालवस्तुको भन्सार जाँचपास गराउँदा यो फारम अनिवार्य रूपमा पेस गर्नुपर्दछ ।